प्रदेश

एमाले कपिलवस्तुको मतदान सकियो, मत गणना राति ११ बजे बाट सुरु हुने ।




कपिलवस्तु, २४ पुष ।

नेकपा एमालेको जारी जल्ला अधिवेशन अन्र्तरगत मतदान सकिएको छ । सहमितिमा नेतृत्व चयन हुन नसकेपछि अन्ततचुनावी प्रक्रिया सुरु भएको थियो। कपिलवस्तुको जिल्ला अधिवेशन बाणगंगा स्थित बुङ्चिमा चलिरहेको छ । जारी अधिवेशन अन्र्तरगत अध्यक्ष सहित उपाध्यक्ष, सचिव लगाएतका पदमा आकांक्षिहरु धेरै भएपछि कपिलवस्तुमा चुनावी प्रक्रिया अपनाई मतदान भएको हो । मतदान सकिएपछि उमेद्वारहरु अहिले खान पिनमा व्यस्त छन् । मत गणना राति एघार बजे देखि सुरु हुने निर्वाचन मण्डलले जनाएको छ । साझ ६ बजे देखि सुरु भएको मतदान राति ९ बजे सकिएको हो ।
जम्मा मत संख्या ५५२ मध्य ५२८ मत खसेको जनाइएको छ ।

अन्तिम समय सम्म सहमितिका आधारमा नेतृत्व चयनको कसरत भए पनि नेताहरु बिचमा सहमति नजुटेपछि मुख्य पदका लागि चुनाव गरिएको हो । एमाले कपिलवस्तुको जिल्ला अध्यक्ष पदका लागि तीन जनामा मतदान भएको हो। जसमा नेत्रराज अधिकारी, डम्मर शर्मा र बाबुराम खनालका बिचमा चुनावी प्रतिस्प्रधा भएको निर्वाचन स्थलबाट पत्रकार पार्वति पाण्डेले प्रेस पाटिलाई जानकारी दिनुभएको छ । यस्तै उपाध्यक्षमा विश्राम थारु र हिरालाल पौडेल बिच मतदान भएको हो ।
आज रातिनै मतपरिणाम सार्वजनिक हुने अनुमान छ । कपिलवस्तु जिल्ला अध्यक्षका लागि ६ जना नेताहरुको नाम चर्चामा थियो । अन्त्यमा तीन जनामा मतदान भएको हो । यस्तै सचिव पदका लागि भेषराज पाण्डे, विश्व कार्की र सिवी गहतराज तीन जना बिचमा चुनावी प्रतिस्प्रधा भएको छ । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित १ सय २० सदस्य जिल्ला कमिटी निर्वाचित हुने निर्वाचन समितिका संयोजक चन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ । खुला सदस्यमा ३६ जना भने निर्विरोध भएका छन । अन्य पदमा भने चुनाव भएको छ ।
खुला सदस्यमा युवा नेता छवि रेश्मी मगर र वडा नः २ का अध्यक्ष बिष्णु पौडेलसहित ३६ जना निर्विरोध चयन भएका छन । खुला सदस्यहरुमा टुकलाल गैरे, बाबुराम अर्याल, टोलाल पोखरेल, कृष्ण सापकोटा, मोहन न्यौपाने, चुरामणी पोखरेल, लक्ष्मण प्रसाद बेल्बासे, गोपालमणि ज्ञवाली, मिनराज बेल्बासे, राजेन्द्र सुवेदी, हेमराज सुवेदी, गोर्कण पोखरेल, बलराम भुसाल, बिजय कुवँर, ताराजन घिमिरे, अमित पौडेल, गणेश बहादुर क्षेत्री, सुन्दर पाण्डे, भोजराज खनाल, शंकर पाण्डे लगायत सदस्यमा निर्विरोध चयन भएका हुन ।

प्रकाशित : २४ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६