जीवनशैली

एमसीसी रोक्न नेमकिपाको प्रदर्शन



काठमाडौं २६ पुस : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता विरुद्ध आज प्रदर्शनमा उत्रिएको छ।

यसअघि पनि पटकपटक एमसीसीको विपक्षमा आवाज उठाउँदै आएको मजदुर किसान पार्टीले आज संसद भवन नजिकै प्रदर्शन र धर्ना दिएको हो।

मजदुर किसान पार्टीले एमसीसी सम्झौतालाई ‘राष्ट्रघाती’ भएको दावी गर्दै आएको छ। सरकार र सांसदहरुलाई खबरदारी गर्न भन्दै पार्टीले प्रदर्शन गर्ने भएपछि बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रदर्शनपूर्व कोटेश्वर, माइतीघर र पुरानो वानेश्वरबाट नेमकिपाले जुलुस निकालेको थियो।

प्रसारण लाइन तथा सडक निर्माणका लागि अमेरिकाले एमसीसीमार्फत उपलब्ध गराउन लागेको रकमको विषयलाई लिएर नेपालका बामपन्थी राजनीतिक दलहरु विरोधमा उत्रिँदै आएका छन्। संसदबाट अनुमोदन गराउनुपर्ने विषयलाई लिएर एमसीसी अनुदानलाई ‘राष्ट्रवाद’ विरोधी गतिविधिका रुपमा उनीहरुले प्रचार गर्दै आएका छन्।

प्रकाशित : २६ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६