अर्थ-वाणिज्य

सिडियोलाई लकडाउन गर्ने अधिकार प्रत्यायोजन



काठमाडौँ २७ पुस — सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ‘लकडाउन’ लगायत सबै किसिमका प्रतिकार्य योजना लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।सम्बन्धित जिल्लाको संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गरेर स्थान विशेष आधारमा ‘लकडाउन’ र ‘निषेधाज्ञा’ लगायत प्रतिकार्य योजना लागू गर्ने जिम्मा प्रजिअको नेतृत्वमा रहेका जिल्लास्थित संयन्त्रलाई दिइएको हो ।
‘कोभिड संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रण गर्न एकीकृत कोभिड रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना ०७८ र स्मार्ट लकडाउन कार्यविधि ०७८ को कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीले पहल गर्ने’ गृह मन्त्रालयले सोमबार गरेको आन्तरिक परिपत्रमा भनिएको छ ।

कार्यविधिअनुसार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसी) र जिल्ला सुरक्षा समितिमार्फत आवश्यक कदम चाल्न सक्ने उल्लेख छ । दुवै संयन्त्रको प्रमुख प्रजिअ रहने व्यवस्था छ । डीसीसीएमसीमा चारवटै सुरक्षा निकाय, स्थानीय तह, जिल्लास्थित जनस्वास्थ्य प्रमुख, उद्योग, वाणिज्य संघका प्रतिनिधिलगायतको उपस्थित रहन्छ । सोही समितिको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले मानिसको आवागमन नियन्त्रणदेखि जनस्वास्थ्यका मापदण्ड पालना, निषेधाज्ञा वा लकडाउनसम्म गर्ने अधिकार प्रजिअलाई छ ।गृहका प्रवक्ता प्रदीप कोइरालाले जिल्लाको वस्तुस्थिति हेरेर संक्रमणविरुद्ध आवश्यक कदम चाल्न सम्बन्धित जिल्लास्थित संयन्त्रलाई जिम्मेवारी दिइएको बताए ।

‘कोरोना संक्रमणको ग्राफ बढ्दोक्रममा देखिएकाले सबै चनाखो रहनुपर्ने देखिन्छ,’ उनले भने, ‘सातै प्रदेशस्थित स्थल नाकामा निर्माणाधीन होल्डिङ सेन्टर सञ्चालनलाई प्राथमिकता दिएर काम गर्न निर्देशन दिएको छ ।’ सीमा क्षेत्रमा होल्डिङ सेन्टर निर्माणको जिम्मा भने सेनालाई दिइएको छ ।

प्रकाशित : २७ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६