प्रदेश

रुपन्देहीमा आफ्नै सहकर्मीद्धारा चक्कु प्रहार, एक घाइते ।



बुटवल, २८ पुष। रुपन्देहीको देवदहमा आफ्नै सहकर्मीले चक्कु प्रहार गर्दा एक जना घाइते भएका छन् । देवदह नगरपालिका–४ बिजयपुर स्थीत ईन्द्रेणी प्लास्टीक उद्योगमा अप्रेटरको रुपमा काम गर्ने वेत बहादुर सुनारीलाई सोही उद्योगमा अप्रेटरकै रुपमा काम गर्ने भुपाल क्षेत्रीले मंगलबार दिउँसो चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट पाल्पाको माथागढी गाँउपालिका–६ स्थायी घर भएका २२ वर्षीय सुनारी घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुनारीको टाँउको र घाँटीमा चेट लागेको छ ।

उनको मणिग्राममा स्थित क्रिमसन अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले चक्कु प्रहार गर्ने सैनामैना नगरपालिका–१ रानीबगियाका ३० वर्षीय भुपाल क्षेत्रीलाइ नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २८ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६