काठमाडौं २८ पुस : सात विद्यार्थी संघले काठमाडौं मेडिकल कलेज सिनामंगलमा जारी एमबीबीएस विद्यार्थीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। आज कलेज परिसरमा पुगेर रिले अनशनमा बसेका विद्यार्थीहरुसँग भेटेर संगठनका नेताहरुले आन्दोलनमा समर्थन जनाएका हुन्।
मंगलवार सातवटा विद्यार्थी संगठनले मेडिकल कलेजका विद्यार्थी माथि भएको दमनको विरोध गर्दै ठगीको अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई ध्यानाकर्षण पत्र बुझाएको थियो।
चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अत्तिरिक्त शुल्क लगाउने कलेजबारे छानविन गर्न उनीहरुले माग गरेका छन्। अत्तिरिक्त शुल्क नतिरेको खण्डमा पढ्न नै नपाइने भनि धम्की दिएको भन्दै कलेज प्रशासनलाई कारवाही गर्न समेत उनीहरुले माग गरेका छन्।
चिकित्सा शिक्षा आयोगले तोके अनुसार एक वर्षको १३ लाख ४१ हजार ८३ रुपैयाँ तिर्नुपर्ने हुन्छ। साथै आयोगको निर्णयमा होस्टेल/मेस विद्यार्थीको ऐच्छिक हुने भनेको छ। तर मेडिकल कलेजहरुले अत्तिरिक्त शुल्क लाग्ने र होस्टेल/मेस अनिवार्य हुने भनेपछि यो विवाद चर्किएको हो। पिडित विद्यार्थीलगायत अभिभावकहरु समेत यसको विरोधमा आन्दोलनरत छन्।
प्रतिक्रिया