कपिलवस्तु, २८ पुस । म्याजिक ईन्टरटेनमेन्ट मिडिया प्रा.लि. द्धारा संचालित हर्टविट एफ.एम ९१.३ को चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । एफ.एम.को चौथो साधारण सभा आज बुधबार बाणगंगाको चारनम्बरमा अवस्थित होटल एडिमा सम्पन्न भएको हो । कार्यक्रममा एफ.एमका अध्यक्ष धातानन्द भूसालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सम्पूर्ण प्रगतिको वितरणबारे जानकारी गराउनुभएको छ ।
अध्यक्ष भूसालले कार्यक्रममा रेडियो सम्बन्धि भावी योजना प्रस्तुत गर्दै रेडियोको स्थायी भवन बनाउने तर्फ गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले रेडियोको हालको एक सय वाटको क्षमतालाई एक हजार वाटमा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो । अध्यक्ष भूसालले रेडियोको लागी स्थायी जग्गा र भवन निर्माणका लागी अनुदानमा जग्गा प्राप्ति गर्न सबैको सहयोग मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले सबैको साथ, सहयोग, सदभाव, माया, सुझाव सल्लाहका कारण रेडियो यो स्थान सम्म आईपुगेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।
उहाँले सम्पूर्ण विज्ञापन दाता धन्यवाद समेत दिनुभएको छ । यस्तै कार्यक्रममा रेडियोका कोषाध्यक्ष केशव सापकोटाले आर्थिक प्रतिवेदन र महासचिव विष्णु प्रसाद अर्यालको प्रतिवेदन सचिव रामकान्त घिमिरेले प्रस्तुत गर्नुभएको थियो । यस्तै संस्थाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद भट्टाराईले शुभकामना मन्तव्य राख्दै रेडियोले थप आम स्रोताको मन जित्ने गरि काम गर्न आवश्यक रहेको बताउनुभयो ।
रेडियोका वरिष्ठ उपाध्यक्ष तुल्सी प्रसाद अर्यालले स्वागत मन्तव्य राख्दै आगामी दिनमा रेडियोलाई सबै शेयर सदस्य तथा कर्मचारी मिलेर थप उर्जाका साथ अघि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न संघसंस्था तथा राजनितिक दलमा निर्वाचित भएका रेडियोका शेयर सदस्यहरु तुल्सी प्रसाद अर्याल नारायण बहादुर सिंह, सुस्मा खाँण र केशव सापकोटालाई बधाईसहित सम्मान गरिएको छ । कार्यक्रम रेडियोका स्टेशन म्यानेजर हरि घिमिरेको संचालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया