प्रदेश

वैशाखमा चुनाव नभए लोकतन्त्र र सङ्घीय प्रणालीमा नकारात्मक प्रभाव पर्ने निर्वाचन आयोगको निस्कर्ष ।



काठमाण्डौ, ३० पुष । निर्वाचन आयोगले तोकिएको समयमै चुनाव नभए स्थानीय सरकार सञ्चालनमा सङ्कट आउने भन्दै दलहरूलाई सचेत गराएको छ ।

आजको सर्वदलीय बैठकपछि आयोगले विज्ञप्ति निकालेर समयमै चुनाव नभए पालिका तह सञ्चालनमा सङ्कट आउने उल्लेख गरेको छ । आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्भावित सङ्कटबारे ब्रिफिङ गर्नुभएको थियो ।

जनप्रतिनिधिको पाँच वर्षे पदावधि आउँदो जेठ ५ गते सकिने र पालिकाको चुनाव गर्न कम्तीमा ५३ क्रियाकलाप सम्पन्न गर्नुपर्ने भएकाले कानुनतः १२० दिन आवश्यक पर्ने भएकाले माघको पहिलो हप्ताभित्रै मिति नतोके प्राविधिक, व्यवस्थापकीय एवम् व्यावहारिक दृष्टिले चुनाव गर्न कठिन हुने भएकाले गम्भीरतापूर्वक लिन आयोगले दल तथा सरोकारवाला सबैको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६