कपिलवस्तु, ०१ माघ ।
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले माघे संक्रान्ति पर्व २०७८ सालको पावन अवसरमा एक प्रेस विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गर्नु भएको छ । जिल्ला अध्यक्ष शर्माद्धारा जारी शुभकामना सन्देशमा नेपाली समुदायको साझा पर्वको रुपमा हेरिने माघे संकान्ति पर्वले सबै जात, जाती, वर्ग समुदाय बीच भाइचारा सम्बन्ध स्थापित गर्नमहत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्दछौं भनिएको छ । विज्ञप्तीमा मानव जातिको संस्कारयुक्त सभ्यता विकासको पक्षमा माघी पर्व २०७८ उपलब्धिपूर्ण हुने विश्वास ब्यक्त गर्दछौं भनिएको छ । सन्देशमा समृद्ध नेपाल सुखी नेपालीको जनआकांक्षा पुरा गर्ने दिशा तर्फ पर्वले सबैलाई प्रेरणा प्रदान गर्ने शुभेच्क्षा प्रकट गर्दछौं भनिएको छ । आदिवासी थारु समुदायको नयाँ वर्षको रुपमा लिइने माघे संकान्ति पर्व धार्मिक एवम् सांस्कृतिक हिसावले निकै महत्व राख्ने गर्दछ ।
१ माघ २०७८, शनिबार
प्रतिक्रिया