जीवनशैली

हजारौँ चराहरूको सुन्दर घर जगदीशपुर ताल



कपिलवस्तु १५ माघ – कपिलवस्तुमा पर्ने जगदीशपुर ताल चराहरूको सुन्दर घर हो । बर्सेनि हजारौँ पाहुना चराहरूले यो ताललाई वासस्थान बनाएका छन् । जलपक्षीहरूको आउने क्रम बढ्न थालेपछि यो ताललाई सन् २००३ मा विश्व सीमसार क्षेत्रमा सूचीकृत गरिएको हो ।हरेक वर्ष जाडोयाम सुरु भएसँगै रुस, चीन, मङ्गोलिया, साइबेरिया, तुर्केमिस्तान र किर्गिस्तानबाट हजारौँ चरा जाडो छल्न यो तालमा आउने गर्दछन् । यो तालमा सबैभन्दा बढी मरुल चरा आउने गरेका छन् । तालको पानीमा डुबुल्की मार्दै र उफ्रिँदै खेल्ने चराहरूको चहलपहलले तालमा पुग्नेहरूलाई लोभ्याउँछ । गर्मी हुन थालेपछि चराहरू फेरि आफ्नै देशमा फर्किने गर्छन्

प्रकाशित : १५ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६