प्रदेश

दिगो शहरी विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने



काठमाडौं, १६ माघ । स्थानीय योजना निर्माण मञ्चको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा हुने भएको छ । एशिया प्रशान्त क्षेत्रका १३ देशका उच्च पदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरुको सहभागिता रहने सम्मेलन यस वर्ष नेपालमा हुन लागेको हो । सम्मेलन १९-२० माघमा काठमाडौंमा हुने लागेको शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले जानकारी दिए । ‘एकीकृत र जलवायु अनुकूलन शहरी विकासका लागि स्थानीय योजना’ भन्ने नाराका साथ सम्मेलन आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ ।

दिगो, उत्थानशील र समावेशी समाज एवं शहरबस्ती निर्माणका लागि हातेमालो गर्ने उद्देश्यका साथ जापान सरकारले सन् २०१८ मा “स्थानीय योजना निर्माण मञ्च गठन गरेको थियो । मञ्चमा एशिया प्रशान्त क्षेत्रका नेपाल, जापान, लाओस, भियतनाम, चीन, भारत, युगान्डा, मोजाम्बिक, भुटान, श्रीलंका, मलेसियालगायत १३ देश आबद्ध छन् । एक अर्काको सिकाइ तथा अनुभव आदानप्रदानका लागि सम्मेलन फलदायी हुने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ ।

युएन ह्याबिट्याट एशिया प्रशान्त क्षेत्रीय कार्यालयको संयोजनमा हरेक वर्ष यससम्बन्धी बहस, छलफल, अन्तरक्रिया तथा अन्तर्राष्ट्रिय सम्मेलन हुने बताइएको छ । सम्मेलनको अघिल्लो दिन माघ १८ गते अन्तर्राष्ट्रिय प्रतिनिधिहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणले शहरी विकासमा गरिरहेको कामबारे स्थलगत अवलोकन भ्रमण गर्ने भएका छन् । ‍सम्मेलनमा प्राविधिक सत्र एवम् अन्तक्रियाहरु हुने बताइएको छ ।

प्रकाशित : १६ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६