प्रदेश

कपिलवस्तुको विजयनगरमा गाई मारेको आरोपमा तीन जना पक्राउ



कपिलवस्तु, १८ माघ ।

कपिलवस्तुमा गाई मारेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको विजयनगर गाउँँपालिका –४ त्रिपालनगर भूपू बस्तीमा गोरु मार्ने क्रममा इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ परेको हो ।

प्रहरीले स्थानीय रमेश नेपाली, आशबहादुर रोका, देवबहादुर घर्ती मगरलाई पक्राउ गरेको प्रहरी निरीक्षक विजयराज तिमिल्सिनाले बताउनुभयो । उनीहरुबाट गाई मार्न प्रयोग गरिएको १ थान बन्चरो, १ थान हँसिया, ३ थान खुकुरी र २ थान चक्कुसमेत बरामद गरेको छ ।

गाई मार्नेबेला कराएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरुले गाई मारेर मासु खाने योजनामा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेको तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६