हरि घिमिरे, २२ माघ ।
कपिलवस्तुको बाणगंगा वडा न. ८ मा रहेको मधुवन सामुदायीक वन उपभोक्ता समितिको १७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतवार वनको प्राङ्गगणमा १७औं बार्षिक साधारण सम्पन्न भएको हो । साधारण सभामा वन ऐन नियम अनुसार गर्नुपर्ने उत्पादनशिल वनको हकमा उपभोक्ता समूहको चाहनामा समूहले वन संवर्धन प्रणालीमा गर्नुपर्ने भुमिकाको विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी वैज्ञानिक वन संजालका केन्द्रीय अध्यक्ष रेनु सेनले वनको व्यावस्थापन, गरिव उपभोक्ताहरुलाई कसरी माथी उठाउने, वनको हेरचाह कसरी गर्ने भन्ने कुराहरु सबैले बुझ्न जरुरी रहेको बताउनुभयो । यस्तै उहाँले वैज्ञानिक बन संवद्र्धन भएमा मात्र राष्ट्रको ढुकुटीमा टेवा पुग्ने बताउनु भयो । सामुदायिक वनहरुले बाटोघाटोको काम मात्रै नगरेर लक्षित वर्गका लागि विशेष कार्यक्रमको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा बाणगंगा वडा न. ८ का वडा अध्यक्ष बाबुराम अर्यालले मधुवन सामुदायीक वनले उपभोक्ता संग प्रत्यक्ष जोडिएर गरिरहेको कार्यको प्रशंसा गर्नु भयो । उहाँले आगामि दिनमा यस वनले उपभोक्ताको हितमा पारदर्शी कार्य गर्न सफलहोस भन्ने शुभकामना ब्यक्त गर्नु भयो ।
त्यस्तै कार्यक्रममा नव प्रभात सामुदायीक वनका अध्यक्ष डिल्लीराज रेग्मी, मधुवन सामुदायीक वनका पुर्व अध्यक्ष पोमनारायण पौडेल लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा वनका सचिव शान्ता पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रगति प्रतिवेदन वनका कोषाध्यक्ष तुल्सीराम पौडेलले प्रस्तुत गर्नु भएको थियो । यस्तै कार्यक्रममा आर्थिक लेखा प्रगति प्रतिवेदन लेखा संयोजक मधु अर्यालले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा स्थापना कालमा योगदान गर्नु भएका वनका पुर्व अध्यक्ष लगाएत चार जना सम्मानित भएका छन् । सम्मानित हुनेमा कृष्ण पौडेल, रुक्मागत पन्थ, चुरामणि अर्याल, पोमनारयण पौडेललाई सम्मान्न पत्र र दोसल्ला ओडाएर सम्मानित गरेको हो ।
कार्यक्रमा वनका पुर्व अध्यक्ष स्व. राम प्रसाद पौडेलको स्मृतीमा वनमा योगदान गर्ने र वन विकासमा सहयोग गर्नेलाई पुरस्कार स्थापना गरेको छ ।

साधारण सभामा वन संरक्षणमा योदान गरेका स्व. परिवारका सदस्यहरुलाई पनि सम्मान गरेको छ ।
यसैविच मधुवन सामुदायीक वनले गरिबी न्युनिकरण कार्यक्रम अन्तर्गत १० वटा घर निमार्ण गरेर १० परिवारलाई हस्तान्तरर्ण गरेको छ ।
साधारण सभामा वनका अध्यक्ष खिमलाल खरेल (गोपाल)को अध्यक्षता, उपाध्यक्ष सालिकराम भुसालको स्वागत तथा सदस्य मोहन प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा करिव २ सय बढि उपभोक्ताको उपस्थिति रहेको थियो ।
साधारण सभा सकिएपछि पुराने कार्यसमिति विघटन भएको छ । आठौं अधिवेशनका लागि पोमनारायण पौडेलको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको छ । जसको सदस्यमा भत्तिराम घिमिरे, मोहन अधिकारी, पुर्णकला सुनार, दयाराम पौडेल रहेका छन् ।








प्रतिक्रिया