प्रदेश

लुम्बिनीमा आज राष्ट्रिय सभा सदस्य उप–चुनाव हुँदै



कपिलवस्तु, २५ माघ । लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उप–चुनाव हुँदैछ । घोराहीको कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा सदस्य पदका लागि सत्तारूढ एमालेका तर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ । तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिए पछि लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य पद रिक्त भएको हो ।

राष्ट्रिय सभा सदस्य चुनावमा लुम्बिनी प्रदेशमा रहेका पालिकाका प्रमुख–उपप्रमुख र प्रदेश सभा सदस्य गरी ३ सय ५ जना जनप्रतिनिधिले मतदान गर्नेछन् । जसमा २ सय १८ जना पालिकाका प्रमुख–उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरू रहेका छन् ।

पालिका र प्रदेश सभा सदस्यको मत भार छुट्टाछुट्टै गणना हुन्छ । पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मत भार १८ र प्रदेश सभा सदस्यको मत भार ४८ छ । लुम्बिनी प्रदेशमा पालिका र प्रदेश सभामा गरी का‌ग्रेसको कुल मतभार २ हजार ९ सय ५२ छ । त्यस्तै एमालेसँग २ हजार ५ सय ९८, माओवादीसँग १ हजार १ सय ६६ राप्रपासँग २ सय ४६, जनता समाजवादी पार्टी जसपासँग २ सय ५२, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०सँग २ सय १६ मतभार छ ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीसँग १ सय ९२, जनमत पार्टीसँग १ सय ४४, राष्ट्रिय जनमोर्चासँग १ सय २०, एकीकृत समाजवादीसँग ४८, जनता प्रगतिशील पार्टीसँग ३६ र स्वतन्त्र २ सांसदको मत भार ९६ छ । मतभार अनुसार सत्तारूढ गठबन्धनका उम्मेदवारको जित निश्चित जस्तै छ ।

प्रकाशित : २५ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६