प्रदेश

बालकोटमा प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओली बिच भेटवार्ता



काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

ओलीको बालकोटस्थित निवासमा जारी भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।

राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने भनेर अडानमा एमाले छ । तर गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरीसकेको छ ।

सभामुख र केही महत्वपूर्ण मन्त्रालय पाइसकेको नेकपा एमाले भने प्रधानमन्त्री प्रचण्डलाई फकाएर राष्ट्रपति पद पनि हात पार्ने रणनीतिमा छ । प्रचण्डले भने आफ्नो रोजाइको व्यक्तिलाई राष्ट्रपति बनाउन चाहेका छन् । यही रस्साकस्सीका कारण कतिपयले वर्तमान सत्ता गठबन्धन संकटमा पर्न सक्ने अनुमान गरेका छन् ।

प्रकाशित : २५ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६