प्रदेश

विदेशीको इसारामा नेपालमा सरकार ढल्छ, बन्छः विप्लव



काठमाण्डौ, २५ माघ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विदेशीहरूको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गर्नुभएको छ ।

बुधवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै महासचिव विप्लवले विदेशीहरूको निर्देशनमा नेपालका अर्थतन्त्रहरू निर्माण हुने गरेको दाबी गर्नुभएको हो । उहाँले देशभित्रै केही गर्छु भन्ने मध्यम वर्गीय उद्योग व्यवसायीहरू आत्मदाह गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको र राष्ट्रिय उद्योगीहरूसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति बनेको बताउनुभयो । महासचिव चन्दले नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवादभित्र लैजानका लागि रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा जाँदैछ । नेपालको अर्थतन्त्रको हिसाब गर्दा दुई सय परिवारको हातमा नेपालको आधा सम्पत्ति केन्द्रित हुँदैछ । ९० प्रतिशत नागरिकरकिसान गरिबीको मारमा धकेलिएका छन् । लाखौँ लाख युवाको शक्ति विदेश लखेटिने वा पलायन हुने अवस्थातिर गइरहेको छ । यो आर्थिक सङ्कटमात्रै होइन राजनीतिक सङ्कटको कारण पनि हो । संसदीय चुनावहरू एकदमै फितला र कमजोर भए । नागरिकलाई रूपान्तरण, परिवर्तनको चाहना छ । यदि नेपाललाई साँच्चै नै सही अर्थको आत्मनिर्भरतिर लैजाने हो भने, नेपाललाई स्वाधीन बनाउने हो भने विदेशीहरूले इसारा गरेको भरमा सरकार ढल्ने र बन्ने, विदेशीहरूको निर्देशनमा यहाँका अर्थतन्त्र निर्माण गरिने अवस्थालाई हटाउनुपर्छ । तराईमा मिटरब्याज, पहाडमा लघुवित्तको नाममा उठीवास भएको छ । केही गर्छु भन्ने र मध्यम वर्गीय खालका उद्योग व्यवसायीहरू जल्नुपर्ने, आत्मदाह गर्नुपर्ने परिस्थिति छ । राष्ट्रिय उद्योगीहरूसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति छ ।’

महासचिव चन्दले आफ्नो पार्टीले देशको जिम्मा लिने गरी अघि बढ्ने जिकिर पनि गर्नुभयो । उहाँले नेपाली नागरिकले चाहेको सपनालाई साकार बनाउन आफ्नो पार्टी लागिरहेको बताउँदै पार्टी आउँदा दिनमा नागरिकमा जाने र नागरिकको नेतृत्व गर्ने दाबी गर्नुभयो । उहाँले नेपाल कम्युनिस्ट पार्टीलाई जनआधारित पार्टी बनउनुपर्ने भन्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरी परिवर्तनको संवाहकका रूपमा पार्टीलाई उभ्याउने बताउनुभयो । उहाँले विचार मिल्ने र मुद्दा मिल्ने कम्युनिस्ट पार्टीहरूसँग सहकार्य हुने पनि स्पष्ट पार्नुभयो । महासचिव चन्दले नेकपा माओवादीले लडेर ल्याएको जनयुद्धको फल कांग्रेसले कुर्सीमा उपरखुट्टी लगाएर खाइरहेको आरोप लगाउनुभयो ।

प्रकाशित : २५ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६