ब्रेकिंग न्युज

सरकार र आन्दोलित यातायात मजदुर संगठनहरूबीच वार्ता जारी



काठमाडौँ — सरकार र आन्दोलित यातायात मजदुर संगठनहरूबीच सिंहदरबारमा वार्ता जारी छ । यातायात मजदुर संगठनको माग सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बिहान बोलाइएको बैठक सुरू भएको हो ।मजदुरहरूको माग सम्बोधनका लागि यातायात व्यवस्था विभागले अधिकतम रूपमा लचकता अपनाएर विवाद समाधान गर्ने बताएको छ ।मजदुरले उठाएको जरिवानाबापतको रकम घटाउने र ५ पटक कारबाहीमा परे अनुमतिपत्र खारेज हुने विषय यातायात व्यवस्था विभागले गठन गरेको कार्यदलको प्रतिवेदनअनुसार सम्बोधन हुने बताइएको छ ।आफ्ना माग सम्बोधनका लागि दबाब दिन मजदुर संगठनहरूले मंगलबार उपत्यकामा सवारी हडताल आह्वान गरेका छन् ।

प्रकाशित : २ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६