प्रदेश

महाशिवरात्रि: कपिलवस्तुको तौलेश्वरनाथ र शिवगढीमा दर्शनार्थीको घुँइचो




कपिलवस्तु, ०६ फागुन ।
शिवरात्रि पर्वको अवसरमा लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तुका बहुचर्चित धार्मिकस्थल कपिलवस्तुको शिवगढी, कपिलवस्तु दाङको सीमामा पर्ने धानखोला, सदरमुकाम तौलिहवाको तौलेश्वरनाथ लगायतका शिवमन्दिहरुमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । गएराति देखि नै यी धार्मिक मन्दिरमा शिवको पूजाआराधना गर्न दर्शनार्थी पुगेका थिए ।

महाशिवरात्रि पर्वको अवसरमा नेपालको दोश्रो पशुपतिनाथ मानिने कपिलवस्तुको तौलिहवास्थित तौलेश्वर महादेवको मन्दिरमा शनिबार बिहानैदेखि हजारौँको संख्यामा जल चढाउने भक्तालु दर्शनार्थीहरुको घुइँचो लागेको थियो ।

भगवान बुद्धको लुम्बिनीमा जन्म भएपछि राजा शुद्धोधन र महारानी मायादेवी सबभन्दा पहिला यही शिवलिङ्गको दर्शन गरेको एक पुस्तिकामा उल्लेख छ । यस क्षेत्रका हिन्दु धर्मावलम्वीहरुको ठूलो पर्वको रुपमा मनाइने शिवरात्रिको दिन आज तौलिहवा बजारमा ठूलो मेला समेत लागेको छ ।

विक्रम सम्वत् १८७२ सालमा स्थापित तौलेश्वर महादेवको यो मन्दिर यहाँका हिन्दू धर्मावलम्वीहरुको ठूलो आस्थाको केन्द्र हो । सम्भवत एशियाकै शिवमन्दिरहरुमा रहेका शिवलिंगमध्ये सबैभन्दा ठूलो शिवलिंग यसै तौलेश्वर मन्दिरमा रहको विश्वास गरिन्छ ।

जिल्लाको ऐतिहासिक, पौराणिक शिवगढी मन्दिर, ऐतिहासिक धानखोला मन्दिर र उमरी शिव गुफा मन्दिर परिसरमा हरेक वर्षझैं यस बर्ष पनि हजारौं दर्शनार्थी पुगेका छन् । महेन्द्र राजमार्ग बन्ने क्रममा २०२४ सालमा धानखोला मन्दिरको स्थापना भएको हो ।

कपिलवस्तु, दाङ्ग र अर्घाखाँची जिल्लाको संगमस्थल साथै उत्तरतर्फ बग्ने धानखोलाले यस स्थानमा अलौकिक शक्ति भएको स्थानीयको जनविश्वास रहेको छ । यस क्षेत्रमा विभिन्न गुफा तथा मन्दिरहरुले प्रचुरमात्रामा पर्यटकीय सम्भावना बोकेको देखिन्छ । शिवगढी मन्दिर तराईबाट पहाडको चुचुरोमा अवस्थित छ । झण्डै ५ घण्टा हिडेर पुग्नसकिने शिवगढी नेपालकै चर्चित शिवमन्दिर हो ।

प्रकाशित : ६ फाल्गुन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६