कपिलवस्तु ७ फाल्गुण ।लोकतान्त्रिक आदिबासी जनजाति महासंघ नेपालको तेस्रो पूर्ण बैठक जिल्लाको गोरुसिंगेमा सम्पन्न भएको छ । सम्पन्न बैठकले आगमी चैत्र १९ र २० गते काठमाण्डौमा हुने राष्ट्रिय महाधिबेशनमा सहभागि हुनका लागि जिल्लाबाट ५ जना प्रतिनिधिको नाम छनौट गरेको छ । जसमा ३ पुरुष र २ महिला रहनुभएको छ । जसअन्तगर्त पुरुष तर्फ उमाशंकर चौधरी ,बिन्द्र बहादुर गुरुंग , जन्जिर प्रसाद थारु र महिला तर्फ फ्ुलकुमारी श्रेष्ठ र मञ्जु थारु रहनुभएको छ ।
सो बैठकमा वोल्दै एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य जन्जिर प्रसाद थारुले थारुहरुको हितमा एमाले अरु भन्दा अब्बल रहेको दावि गर्नु भयो । एमाले कपिलवस्तुका जिल्ला उपाध्यक्ष बिश्राम प्रसाद थारुले बोल्दै पार्टीलाई बलियो बनाउदै आदिबासी जनजातिहरुका मागलाई सम्बोधन हुने गरि पार्टी अघि बढ्ने बताउनुभयो । पार्टीका कामहरुमा सक्रिय सहभागिता जनाउन पनि सबैमा आग्रह गर्नुभयो । नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष उमाशंकर थारुको अध्यक्षतामा भएको बैठकको सञ्चालन सचिब कुल बहादुर सोमैले गर्नुभएको थियो ।
७ फाल्गुन २०७९, आइतबार
प्रतिक्रिया