प्रदेश

हिउँद भरि पानी पर्ने सम्भावना न्युन



काठमाण्डौ, ०७ फागुन । यसपालि हिउँद नसकिँदै गर्मी बढेको छ । यसपालिको हिउँदमा हिमपात र वर्षा नहुँदा गर्मी बढेको हो । पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेको छैन । पानी नपर्दा माघ महिनादेखि नै तापक्रम बढ्न थालेको थियो ।

हिउँदयाम सकिन अब १० दिन बाँकी छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । आज फेब्रुअरी १९ तारिख हो । हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत पानी पर्न सकेको छैन । बाँकी १० दिनमा पनि पानी पर्ने खासै सम्भावना नदेखिएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यो हिउँदमा वर्षा हुने सम्भावना टर्दै गएको छ ।

वर्षा र हिमपात नहुँदा यसपालि सुक्खा बढेको छ । यसले आगलागी र डढेलोका घटनासँगै वायु प्रदूषण बढ्ने अनुमान छ । आज प्रदेश-१ र बाग्मती प्रदेशका उच्च पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् ।

प्रकाशित : ७ फाल्गुन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६