प्रदेश

पोखरामा बस दुर्घटना, ४२ जना घाइते, केहीको अवस्था गम्भीर



पोखरा, ०७ फागुन । पोखरा महानगरपालिका २६ लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।

घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयो । ब्रेक फेल भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएका प्रहरी प्रमुख केसीको भनाइ छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा धेरैजसो पोखरा विश्वविद्यालयबाट फर्किँदै गरेका विद्यार्थी रहेका छन् ।

प्रकाशित : ७ फाल्गुन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६