प्रदेश

लुम्बिनी प्रदेशका कृषिमन्त्री अहिरले लिए शपथ



रुपन्देही, ०८ फागुन । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता अहिर मुख्यमन्त्री लिला गिरीको सिफारिसमा आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त भएका थिए ।

बाँकेका अहिरलाई सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले सपथ दिलाएका हुन् ।

यसअघि माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ ।

मन्त्री शर्मा भने त्यस बेला शपथ ग्रहण समारोहमा उपस्थित भएका थिएनन् । अहिरको नियुक्तिसँगै प्रदेश सरकारमा ११ जना मन्त्री पुगेका छन् । नयाँ सरकारले यसअघि कायम १३ वटा मन्त्रालय घटाएर १० वटा बनाउने निर्णय गरेको छ ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६