बुटवल १३ साउन । आफ्नो घरमा भाडामा बसेका एक परिवारलाई दलित भएको थाहा पाएपछि निकाल्ने घोराही उपमहानगरपालिका–१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल बिहीबार एक लाख धरौटी बुझाएर तारेखमा छुटेका छन्।जातीय विभेद मुद्दामा पक्राउ परेका जिल्ला अदालत दाङले उनलाई एक लाख धरौटीमा छोड्न आदेश गरेको र अदालतले तोकिएको धरौटी बुझाएर उनी छुटेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजन गौतमले बताए।
पोखरेलले आफ्नो घरमा भाडा लिएर बसेका अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. ७ का २३ वर्षीय महेन्द्र विक सहित उनका परिवारका सदस्यलाई दलित भन्ने थाहा पाएपछि कोठा भाडा दिएको तीनमै जबरजस्ती घरबाट निस्कन भन्दै उनीहरूका कोठाका सामान बाहिर फालिदिएका थिए। गएको असार १५ गते भएको उक्त घटना पछि महेन्द्रले आफुहरु माथि तारा प्रसाद पोखरेलले जातीय विभेद गरेको भन्दै जिल्ला अदालत दाङमा जाहेरी दिएपछि असार १६ गते नै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। डेरामा बसेर कोरियन भाषा पढ्न उनी श्रीमती र दुई बच्चासहित आछामबाट घोराही आई पुगेका उनी साथीहरुको सम्पर्कबाट तारा प्रसादको घरको कोठा भाडामा माग्न गएका थिए।
तर दुई दिन पनि बस्न नपाउँदै दलित भन्ने थाहा पाएकोले घरधनी ताराप्रसादले महेन्द्रलाई हेयको दृष्टिले हेर्न थालेको र तेश्रो दिन कोठा खाली गरेर अन्यन्त्र जान भन्दै कोठाबाट सामान बाहिर निकालेर फालिदिए पछि भने यो बिषय बाहिर आएको थियो। ‘तिमीहरू जस्तो दलितलाई म बाहुनले बस्नका लागि घर भाडामा दिँदैन। तिमीहरू मेरो घरमा बस्न थालेपछि म बिरामी परेको छु भन्दै तारा प्रसादले घरबाट सामान फ्याकेको महेन्द्रको भनाई छ।
१३ श्रावण २०८०, शनिबार
प्रतिक्रिया