खोज–अनुसन्धान

मुख्यमन्त्रीको घोषणा कार्यन्वयन भएमा ६ लाखले पाउने छन् रोजगारी



दाङ २६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्थानीय मदिरा उत्पादनका साथै ब्रान्डिङ, कृषि उत्पादन र पर्यटनबाट १२ जिल्लाका ६ लाख महिला र युवालाई स्वरोजगार बनाउने महत्त्वाकांक्षी योजना अघि सारेका छन् ।उनले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम शीर्षकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमा डेढ अर्ब छुट्टाएका छन् भने डेढ अर्ब रुपैयाँ संघीय सरकारबाट ल्याउने दाबी गरेका छन् । यसका लागि विज्ञसहितको टोलीबाट कार्यविधि बनाउने तयारीमा मुख्यमन्त्री कार्यालय रहेको छ । तराईमा रहेका थारु समुदायलाई मौवाको मदिरा, कृषि उत्पादन र पर्यटनमा चौधरीलाई मुख्य जोड दिएका छन् । ‘तराईमा मौवा, कोदो, अनादिसहित अन्य स्थानीय मदिरा उत्पादनलाई व्यवस्थित र उद्योगको रुपमा लगेर ब्रान्डिङ गर्ने हो,’ मुख्यमन्त्री चौधरीले भने, ‘थारु, मगर र गुरुङ समुदायमा यसको उत्पादन हुन्छ ।

उत्पादन गर्ने, प्याकेजिङ र बजारीकरण गर्ने छुट्टाछुटै जनशक्ति परिचलान हुन्छन् ।’यसका लागि संघीय सरकारका अर्थमन्त्री, उद्योगमन्त्री र सचिव एवं राजस्व विभागसँग छलफल भइरहेको उनले बताए । सबै कुरा सकारात्मक भएकाले कानुनी प्रक्रिया सहज गराइने उनले बताए । हाल उत्पादन भइरहेको स्थानीय मदिरालाई व्यवस्थित गर्दै उद्योगको रुपमा लैजानुपर्ने उनको तर्क छ । मौवा, अनादि, कोदोलगायतको मदिरालाई ब्रान्डिङ गरी विदेश पठाएर मुद्रा आर्जन गर्न सकिने आधार रहेको उनले बताए।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६