अन्तर्राष्ट्रिय

दुई वर्षमा एउटै जिल्लावाट १३६ महिला हराए




सन्धिखर्क ३० साउन ।अर्घाखाँचीमा मानिस हराएको उजुरीमा सबैभन्दा बढी सङ्ख्या महिलाको रहेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा विगत दुई वर्षमा १३६ जना महिला हराएको उजुरी परेका थिए।हराएकामध्ये ११ जनालाई अझै पनि भेट्टाउन सकिएको छैन। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार २०७८÷७९ मा ७१ जना महिला हराएका थिए। जसमा ६२ जना मात्रै फेला परेका थिए। त्यस्तै २०७९÷८० मा ६५ जना महिला हराएको उजुरीमा ६३ जना महिला फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो। गत दुई वर्षमा २५१ जना मानिस हराएका छन्। तीमध्ये १८ जना अझै फेला परेका छैनन्।
त्यस्तै समुदाय प्रहरी साझेदारी अन्तर्गत विगत दुई वर्षमा १८ हजार ६७६ जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जसमा २०७८÷७९ मा ६६० र २०७९÷८० मा एक हजार २४३ घटना दर्ता भएका थिए। समुदाय प्रहरी साझेदारी अन्तर्गत लाभान्वित हुनेको सङ्ख्या बढिरहेको प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६