देश

मुलुकले भोगिरहेको अर्थतन्त्रको दाबाबलाई कम गर्न विशेष कार्योजना ल्याउँदै छौंः प्रधानमन्त्री



बुटवल, १६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकले भोगिरहेको आर्थिक दबाब कम गर्नका लागि सरकारले विशेष कार्योजना ल्याउने तयारी गरेको बताएका छन् । आफू प्रधानमन्त्री भएपछि आर्थिक क्षेत्रमा धेरै कुराहरु सुधारउन्मुख भएको दाबी गर्दै उनले अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्नका लागि सरकारले पूरै शक्ति लगाइरहेको उल्लेख गरे ।

बुटवल आम्दा अस्पतालको २५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै प्रमनमन्त्री दाहालले सरकारको लगातारको प्रयासले बैंकको ब्यादरसमेत बिस्तारै घटिरहेको उल्लेख गरे । बैंकको ब्याजदरलाई सकेसम्म सिंगल डिजित नभएर १० प्रतिशतभन्दा कमनै राख्ने गरी प्रयास जारी रहेको उल्लेख गरे ।

यसैगरी मौद्रिक नीति र वित्तीय क्षेत्रको सुधारको काम भइरहेको बताउँदै निराशा नहुन आग्रह गरे । मुलुकमा रेमिट्यान्स बढेको तथा विदेशी मुद्रा सञ्चितीमा वृद्धि भएको उल्लेख गरे । यसैगरी पर्यटन व्यवसाय समेत फस्टाउँदै गएको, राजश्व वृद्धिको ट्रेन्ड देखा पर्दै गएको उल्लेख गरे ।

प्रकाशित : १६ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६