प्रदेश

बाणगंगाको लोगो छनोटका लागि वडा अध्यक्ष गिरीको संयोजकत्वमा समिति गठन



कपिलवस्तु, २२ कात्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगरको आफ्नै लोगो छनोटका लागि एक समिति गठन गरेको छ । बुधबार बसेको कार्यपालिका बैठकले नगरको आफ्नै लोगो बनाउने यस अघिको निर्णय अनुसार संकलित लोगो छनोटका लागि समिति गठन गर्ने निर्णय गरेको हो ।

नगर प्रवक्ता विष्णुप्रसाद पौडेलका अनुसार उक्त लोगो छनोटका लागि वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीको संयोजकत्वमा ५ सदस्य समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा वडा नं. ६ का वडा अध्यक्ष करुण टण्डन, वडा नं. १० का वडा अध्यक्ष यमप्रसाद पोख्रेल, कार्यापालिका सदस्य शान्ता पाण्डे र नगरपालिका सुचना प्रविधि अधिकारी मिलन पोख्रेल रहहनुभएको छ ।

लोगो छनोट समितिका संयोजक विष्णु गिरीका अनुसार नगरपालिकाले गत असार १५ गते लोगो निर्माणका लागि सार्वजनिक सुचना जारी गरेको थियो । उक्त सुचनाका आधारमा नगरपालिकामा हाल ३२ जनाले आफ्ना विभिन्न कलाकौशलको प्रयोगका साथ डिजाइनहरु पेश गरेका छन् । नगरपालिकाको सामाजिक, आर्थिक, सांस्कृतिक पहिचान झल्किने र नगरको सर्वपक्षीय विषयलाई केन्द्रित गरी बनाइएको, र उत्कृष्ट कौशलता प्रर्दशन गरी अकार्षक रुपमा तयार गरीएको एक उत्कृष्ट लोगोलाई नगरको आफ्नो चिन्हको रुपमा छनोट गरिने संयोजक गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यपालिका बैठकबाट गठित छनोट समितिले संकलित लोगोहरु मध्ये उत्कृष्ट पाँच लोगो छनोट गर्ने र ति लोगो बनाउने व्यक्तिहरुलाई नगरपालिकामा व्याख्या विश्लेषणका लागि बोलाइने छ । लोगो बनाउने व्यक्तिहरुको आफ्नो व्याख्या र लोगोको परिचयसहित उत्कृष्ट लोगो बाणगंगा नगरपालिकाको आफ्नो चिन्ह आर्थत लोगोको रुपमा प्रयोगमा आउने गिरीले जानकारी दिनुभयो ।

नगरपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई ३० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरको थियो । सोही अनुसार विभिन्न ३२ वटा लोगो नगरपालिकामा पेश भएका छन् ।

यसैबीच बुधबार सम्पन्न कार्यपालिका बैठकले छाडा पशुचौपाया नियन्त्रण, व्यवस्थापन तथा पुर्वाधार निर्माण कार्यविधि २०७९’ लाई संशोधनसहित पारित गरेको छ। यस्तै बैठकले पशुपंक्षी तथ्याङ्क संकलन निर्देशिका २०८० लाई स्वीकृत गरेको छ । यस्तै नगर युवा परिषद संचालन कार्यविधि २०८० लाई समेत बैठकले पारित गरेको छ ।

प्रकाशित : २२ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६