प्रदेश

शिवराजको राहत सामग्री जाजरकोटमा



कपिलवस्तु, २३ कात्तिक ।
शिवराज कार्यपालिकाको बुधबार सम्पन्न चौथों वैठकले नगरका जनप्रतिनिधीको ३ दिन र कर्मचारीको १ दिन बराबरको तलव भुकम्प प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०८०।८१ को शिवराज नगरपालिका नगरकार्यपालिकाको बुधबार सम्पन्न चौथों वैठकले उक्त निर्णय गरेको हो । कार्तिक १७ गते भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाएका डेढसय बढि व्यक्तिहरुको सम्झनामा एक मिनेट मौन धारण गरी मृतकको चिरशान्तिको कामना गर्दै वैठक शुभारम्भ गरेको थियो । वैठकले घटनाप्रति समवेदना प्रकट गर्दै घाइतहरुको शिघ्र स्वास्थ्य लाभको समेत कामना गरेको छ ।

जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावित परिवारलाई नगरपालिकाबाट आर्थिक सहयोग गर्ने निर्णय भएपछि राहत सामग्री लिएर मेयर अजय थापाको नेतृत्वमा गएराती जाजरकोट प्रस्थान गरेको हो । नगरपालिकाबाट संकलित उक्त रकमबाट ३ सय पीस ब्लान्केट र २ सय ५० पोका चिउरा (प्रति केजी ५) राहत वितरणका लागि भुकम्प प्रभावित क्षेत्र जाजरकोट हिडेको नगरप्रमुख अजय थापाले जानकारी दिए ।

राहत वितरण गर्न मेयर थापाको टिम संग वडाध्यक्षहरु टेकलाल सापकोटा, खिमविक्रम केसी, रिजवान मुसलमान, रामगोपा चौधरी, लेखा अधिकृत रामचन्द्र मरासिनी सहितको टोली राहत लिएर जाजरकोट हिडेको हो । कार्यपालिका वैठकले उक्त निर्णय पारित गरेपछि जनप्रतिनिधी र सम्पूर्ण कर्मचारीबाट करिब ७ लाख रकम संकलन लेखा प्रमुख रामचन्द्र मरासिनीले जानकारी दिएका छन् ।

त्यस्तैगरी गएको महिना आएको हावाहुरीका कारण भएको क्षतिको विवरण वडाबाट सिफारिस भई आएकाले आवश्यक कागजात र प्रकृया पुरा गरेर सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । नगर शिक्षा समितिको सदस्यमा समाजसेवी व्यक्तिबाट मनोनित गर्ने विषयमा आवश्यक छलफल गरी निर्णय गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि वडाबाट आएको सिफारिसलाई बैठकले पारित गरेको छ । त्यस्तै यसअघिको वैठकले नगर प्रहरी, दररेट लगाएका विषय टुंगो लगाएको थियो ।

प्रकाशित : २३ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६