प्रदेश

प्रधानमन्त्री प्रचण्ड पुगे रोल्पा



रोल्पा, २३ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड आज रोल्पा पुगेका छन्। रोल्पामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनको लागि उनी आज बिहान काठमाडौंबाट रोल्पा हेलिकप्टरमा पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्ड थबाङका स्थानीय बासीसँग भेटघाट गरी गुनासो तथा सुझाव लिने, थवाङ खोलामा निर्मित पक्की पुलको उद्‌घाटन गर्ने लगायतका कार्यक्रममा सहभागी हुनेछन्।

प्रधानमन्त्री प्रचण्डले आजै निर्माण सम्पन्न भइसकेको ५० शैयाको रोल्पा अस्पताल भवन उद्‌घाटन गर्ने कार्यक्रमसमेत रहेको छ । दाहालले आजै नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला समन्वय समिति रोल्पाले खुल्ला मञ्च टुँडिखेलमा आयोजना गरेको जनसभामा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित : २४ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६