प्रदेश

रोल्पा क्रान्ति, शान्ति र निर्माणको प्रतीकः प्रधानमन्त्री प्रचण्ड



रोल्पा, २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोल्पा क्रान्ति, शान्ति, निर्माण र पुनःनिर्माणको प्रतीक भएको बताउनुभएको छ ।

आज शुक्रवार रोल्पा अस्पतालको भवन उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पछिल्लो परिवर्तनको मियो रोल्पा विकासका दृष्टिले पछि रहे पनि बिस्तारै विकासको मूल प्रवाहमा प्रवेश गर्न लागेको बताउनुभयो । हिजो पूर्वाधार, शिक्षालगायतका क्षेत्रमा पछि परेको रोल्पा अब विकासमा गति अगाडि बढेको प्रधानमन्त्रीको भनाइ छ ।

अस्पताल भवन राम्रो र आधुनिक रहे पनि जनशक्ति र अन्य स्रोत साधनको अभाव रहेको बताउँदै जनशक्तिका लागि आफू काठमाण्डौ फर्केलगत्तै स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी जनशक्ति व्यवस्थापन गर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले आफूले चीन भ्रमणका क्रममा फलफूल र जडीबुटीसम्बन्धी परियोजनामा पनि सम्झौता भएको बताउँदै त्यो परियोजना रोल्पामा सञ्चालन गर्ने बताउनुभयो ।

रोल्पा नगरपालिका–२ रेउघामा नवनिर्मित भवन ५० शय्या क्षमताको छ । आजै प्रधानमन्त्रीले रोल्पाको थवाङ खोलामा नवनिर्मित पक्की पुलको पनि उद्घाटन गर्नुभयो । रासस

प्रकाशित : २४ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६