देश

नेविसंघले भूकम्पमा परेर निधन भएकी उपमेयर सिं‌हको सम्झनामा विद्यालय पुनर्निर्माण गर्ने



कपिलवस्तु, २५ कात्तिक ।

नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले भूकम्पमा परेर निधन भएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह ठकुरी स्मृतिमा विद्यालय भवन पुनर्निर्माण गर्ने भएको छ।

कात्तिक १७ गते गएको भूकम्पमा परेर उपमेयर ठकुरीको मृत्यु भएको थियो।

नलगाड नगरपालिका वडा नम्बर ५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय नेविसंघले पुनर्निर्माण गर्न लागेको अध्यक्ष दुजाङ शेर्पाले बताए।

‘उपमेयर ठकुरीको सम्झनामा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनर्निर्माण गर्न लागेका हौं,’ उनले भने। साथै नेविसंघले जाजरकोट खलंगास्थित हनुमान प्राथमिक विद्यालय पनि पुनर्निर्माण गर्ने भएको छ।

भूकम्पबाट अभिभावकविहीन भएका बालबालिकाको शिक्षाका लागि पनि पहल गरिने उनले बताए।

नेविसंघले जाजरकोट पुगेर राहत सामग्री पनि वितरण गरेको छ भने आन्तरिक रूपमा पैसा संकलन गरेर ७ लाख ११ हजार रुपैयाँ हस्तान्तरण गरिने नेविसंघ केन्द्रीय सदस्य तथा कपिलवस्तुका विद्यार्थी नेता टि आर पाण्डेले जनानकारी दिए।

प्रकाशित : २५ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६