कपिलवस्तु २६ कार्तिक ।उपभोक्ता हित संरक्षण मंच नेपाल , बाणगङ्गा नगर समितिको अध्यक्षमा शिद्धार्थ क्याम्पस बुङचीका सहायक प्राध्यापक एवम बुद्ध आवाज राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक कुलराज भुसाल सर्ब सहमत रुपमा निर्वाचित हुनु भएको छ । समितीको उपाध्यक्ष मधुसुदन पौडेल ,सचीवमा सन्तोष घिमिरे ,सहसचिवमा भगवती न्यौपाने र कोषाध्यक्षमा पशुपती गिरी निर्वाचित हुनु भएको छ । यसैगरी समितीको सदस्यमा रामु पौडेल , दिपिका सुनार,, हिमराज पौडेल र मित्रलाल मरासिनीले जिम्मेवारी पाउनु भएको छ ।
उपभोक्ता हित संरक्षण कपिलवस्तुको आयोजनामा भएको कार्यक्रममा कपिलवस्तु क्षेत्र नं १ का सांसद वलराम अधिकारी ,वाणगंगाका मेयर चक्रपाणी अर्याल , मंचका प्रदेश अध्यक्ष तेज कुमार पाठक , केन्द्रिय सदस्य ऋषि आजाद लगायतले निर्वाचित पदाधिकारीलाई अविर लगाएर शुभकामना दिनु भएको थियो । कार्यक्रम जिल्ला शाखाका अध्यक्ष भेषराज पाण्डेको अध्यक्ष्ाँतामा भएको थियो।
प्रतिक्रिया