प्रदेश

रेडियो मायादेवीको सन्देशमूलक देउसी भैलोमा झुम्मिए दर्शक



कपिलवस्तु, २६ कात्तिक । नव छहारी सामाजिक विकास संस्थाद्धारा संचालित सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले आयोजना गरेको सन्देशमुलक देउसी भैला तथा सांस्कृतिक कार्यक्रममा दर्शक ओइरिएका छन् । तिहारको पहिलो दिन (कागतिहार) को साँझ वाणगंगा नगरपालिकाको चार नम्बर चोकमा आयोजना भएको कार्यक्रममा हजारौँको संख्यामा दर्शकको सहभागिता रहेको थियो ।

तिहारको परम्परालाई संरक्षण गर्नको लागि आयोजना भएको देउसी तथा सांस्कृतिक कार्यक्रममा सोरठी, खेउली लगायतका परम्परागत प्रस्तुति रहेको थियो भने स्थानीय विद्यालयका बाल कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए । यस्तै कञ्चन गाउँपालिकास्थित हरैयाका रक्तिमका बाल कलाकारको विशेष प्रस्तुतिले दर्शकको मन खिचेको थियो । विना प्रचारप्रसार अकस्मात आयोजना भएको कार्यक्रममा अबेरसम्म पनि हजारौँ दर्शक थामिएका थिए भने उनीहरुले आँखा झिपिक्क नपारी कार्यक्रमको अवलोकन गरेका थिए ।

कार्यक्रमको अन्तिममा राखिएको लाइभ दोहोरीले पनि दर्शकले मनोरञ्जन हासिल गरेका थिए । कार्यक्रम अवलोकन गर्नेले दर्शकले अहिलेसम्मकै फरक प्रस्तुतिसहित अनुशासित र सन्देशमुलक देउसी भैलो हेर्न पाएकोमा खुसी ब्यक्त गरेका स्टेसन
म्यानेजर हरि घिमिरेले बताए ।

कार्यक्रमकै अवसरमा भुकम्पका कारण रुकम र जाजरकोटमा ज्यान गुमाएका मृतकहरुको स्मृतिमा १५८ दीपप्रज्वलन गरिएको थियो ।

संस्थाका उपाध्यक्ष माधव भाट क्षेत्रीको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्य, वाणगंगा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुँवर, प्याबसनका केन्द्रिय सदस्य शिव गैरे, उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नीरिक्षक गोपाल रायमाझी, शशष्त्र प्रहरी बल पिपराका प्रमुख राजेन्द्र क्षत्री (डिएसपी), सिद्धार्थ क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द खनाल, लुम्बिनी भिजन कलेजका प्रबन्ध निर्देशक कृष्ण केसी, युनाइटेड हस्पिटलका अध्यक्ष मुनाराम चालिसे, ज्ञानपुञ्ज बोर्डिङ स्कुलका अध्यक्ष नारायण पौडेल, मेडिकल ब्यवसायी धर्मराज भट्टराई लगायतको आतिथ्य रहेको कार्यक्रममा संस्थाका सदस्य टेकेन्द्र कुमार क्षेत्रीको स्वागत मन्तव्य रहेको थियो । रेडियोका प्रबन्ध निर्देशक चन्द्रकान्त न्यौपानेको संचालनमा सम्पन्न भएको स्टेसन म्यानेजर घिमिरेले जानकारी दिए ।

नृत्य सौजन्य गरेका नेपाली परम्परागत लोक सांस्कृतिक प्रतिष्ठान, ज्ञानपुञ्ज बोर्डिङ् स्कुल राजपुर, वाणगंगा मावि ठाकुरापुर, युनाइटेड स्टुडेन्ट एकेडेमी चप्परगाउँ र रक्तिम परिवार हरैया, अतिथि, सहयोगी संस्था, दर्शक सबैलाई कार्यक्रमका अध्यक्ष माधव भाटले धन्यबाद दिएका थिए ।

प्रकाशित : २६ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६