ब्रेकिंग न्युज

सुमित्रा पौडेलको स्मृतिमा सूर्योदय आधारभुत विद्यालयमा सरस्वती मन्दिर स्थापना 




कपिलवस्तु, २७ कात्तिक ।
बाणगङ्गा वडा न. ८ सूर्योदय आधारभुत विद्यालयमा २८ वर्ष अध्यापन गराउनु भएकी सुमित्रा पौडेलको स्मृतिमा सरस्वती मन्दिर स्थापना गरिने  भएको छ । पौडेलको स्मृतिमा परिवारले विद्यालय परिसरमै सरस्वती मन्दिर स्थापनाका लगी शिलान्यास गरेको हो । 
आइतबार विद्यालय व्यवस्थापन समिति तथा सुमित्रा पौडेलका ससुरा बुबा, उहाँका पति प्रेम नारायण पौडेल तथा छोरीहरूले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो । 


विद्यालयले २८ वर्ष अध्यापन गराउनु भएकी शिक्षक सुमित्रा पौडेलको निधनले सिंगो विद्यालय स्तब्ध भएको जनाएको छ । २०५० साल देखि विद्यालयमा अध्यापन गराउँदै आउनु भएकी पौडेलले २०७८ सालमा अवकाश प्राप्त गर्नु भएको थियो ।
शिलान्यास कार्यक्रममा उहाँका छोरीहरू प्रविणा, शोभा, रक्षा र अनुजा तथा विद्यालय व्यवस्थापन समितका पदाधिकारी एवं समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।


वाणगङ्गा नगरपालिका वडा नं. ८ चप्परगाँउ निवासी पौडेलकी धर्म पत्नी सुमित्रा पौडेलको कार्तिक १० गते ग्रान्डी इनटरनेश्नल अस्पतालमा काठमाण्डौमा उपचारका क्रममा ५८ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित : २७ कार्तिक २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६