देश

दशैपछि तिहारसम्मको २० दिनमा तास खेल्दा १३३ समातिए, २१ लाख बरामद



काठमाडौं, ३० कात्तिक । प्रहरीले दशै सकिएपछि तिहारसम्मको अवधिमा तास र लगुरबुर्जा खेलिरहेको अवस्थामा १३३ जनालाई नियन्त्रणमा लिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कात्तिक ११ गतेदेखि ३० गतेसम्म काठमाडौंको १२, भक्तपुरको २ र ललितपुरको २ ठाउँबाट गरी १३३ जना समातिएका थिए । उनीहरुको साथबाट २१ लाख ७१ हजार ३३५ रुपैयाँ रकम बरामद भएको कार्यालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश मैनालीले जानकारी दिए । यो अवधिमा ६९ बुक तास, २० हजारको चेक प्रहरीले बरामद गरेको थियो ।

प्रहरीका अनुसार ११ देखि ३० कात्तिकसम्म कौडाको खालबाट प्रहरीले १२ लाख ९१ हजार ५५० रुपैयाँ बरामद गरेको छ । काठमाडौंको एक र ललितपुरको एक ठाउँ गरी दुई ठाउँबाट ३२ जना पक्राउ परेका एसएसपी न्यौपानेले जानकारी दिए ।

प्रहरीले यस अवधिमा पटाका पड्काएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएको छ र ३४४ प्याकेट पटाका बरामद गरेको छ ।

प्रकाशित : ३० कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६