प्रदेश

भुकम्प प्रभावित क्षेत्रमा अध्यक्ष शर्मा नेतृत्वको २० सदस्यीय टोली पुग्यो




कपिलवस्तु, ५मंसिर ।नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माको नेतृत्वको टोली भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम प्रस्तान गरेको छ । एमाले जिल्ला अध्यक्ष डम्मर शर्माको नेतृत्वको २० सदस्यि स्वयमसेवक टोलीले भुकम्प प्रभावित क्षेत्र आठविसकोट बस्तीमा पुगी १० दिन सम्म अस्थायी घर, टहरा पुनःनिर्माण गरी हस्तान्तरण सम्मको कार्य गर्ने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनु भयो । टोलीले बन्दोबस्तीका सामाग्री सहित भुकम्प प्रभावित क्षेत्रमा प्रस्तान गरेको हो । एमाले रुपन्देहीको स्वयम सेवक टोली समेत भुकम्प प्रभावित क्षेत्रमा आजै प्रस्थान गरेको छ ।
टोलीलाई एमाले केन्द्रिय सदस्य गिरधारीलाल न्यौपाने, एमाले जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारु लगायतका नेताहरुले टिका तथा खादा लगाई विदाई गरेको थियो । टोलीलाई विदाईका निम्ति लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, एमाले जिल्ला सचिव सिवि गहतराज, पिताम्बर खनाल, टोपलाल पोख्रेल, जगत पौडेल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । स्वयम सेवक टोलीमा एमाले जिल्ला उपसचिव शुसिला दरलामी, एमाले नेता हिरालाल पौडेल, विष्णु गौतम, थर्क बहादुर गाहा, युवासंघका जिल्ला अध्यक्ष कमल क्षेत्री, युवा नेता प्रकज पाण्डे लगायत टोलीमा सहभागि रहेको एमाले कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ५ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६