प्रदेश

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भविष्यसँग जोडिएको छः अध्यक्ष वझा



बुटवल, ०६ मंसिर। लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष जीवनप्रसाद वझाले बुधबार पदभारण ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष वझाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका जनताको भविष्यसँगै जोडिएकाले सोही अनुसार अघि बढ्ने प्रतिवद्धता गरे ।

अस्पताललाई बुटवलबासीको ठूलो गँहनाको रुपमा बिकास गर्न आफ्नो पहल रहने उनले बताए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा सम्पूर्ण परिवारको सहयोग र साथमा आफू अघि बढ्ने बताए । अस्पतालमा आउने सेवाग्राहीलाई अपनत्व महशुस हुनेगरी व्यवहार गर्न सुझाब दिँदै उनले सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आ(आफ्नो ठाउँमा जिम्मेवार भएर लाग्न निर्देशन गरे ।

यसैगरी अस्पतालमा रहेको स्वास्थ्य बिमा कार्यक्रमलाई थप सहज र व्यवस्थित बनाउने गरि अघि बढ्ने बताए । आवश्यक जनशक्ति थप गर्ने तथा प्रविधिको व्यवस्थामा आफ्नो प्राथमिकता रहने बताए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्यको हब बनाउनेगरी सहकार्य गर्न आवश्यक रहेको बताए । अस्पतालको बिकाससँग बुटवलको भविष्य जोडिएको उल्लेख गर्दै उनले यहाँ सबै सामाजिक संघ संस्था तथा राजनीतिक दलहरु एक भएर लाग्नु पर्नेमा जोड दिए ।

यसैगरी अस्पतालको भवन निर्माणको काम सर्वोच्चमा परेको मुद्दासँगै रोकिएकाले सहकार्यबाटै त्यसलाई फिर्ता गरेर अघि बढ्नु पर्ने बताए । बुटवल उद्योग वाणीज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सेवाग्राहीले महशुस गर्न सक्नेगरि सामान्य तर महत्वपूर्ण कामहरुको सुधारसँगै अघि बढ्न सुझाब दिए । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। सुदर्शन थापाले अध्यक्ष वझालाई स्वागत गर्दै अब नयाँ ढङ्गले अघि बढ्न अस्पताल परिवारलाई थप उर्जा प्राप्त भएको उल्लेख गरे ।

अस्पतालमा बिकासका लागि एक भएर अघि बढ्न प्रतिवद्ध भएको उल्लेख गर्दै थापाले जनशक्ति व्यवस्थापन, भौतिक संरचनाको व्यवस्था लगायतका समस्या बारे जानकारी गराए । कारयक्रम अस्पतालका प्रशासकीय अधिकृत राजन केसीको सञ्चालन तथा नर्सिङ प्रमुख ज्योति पौडेलको स्वागत सम्पन्न भएको थियो ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६