देश

कपिलवस्तु अस्पतालमा डायलाइसिस सेवा सञ्चालन स्वास्थ्य सेवामा नयाँ उपलब्धि



तौलिहवा, कपिलवस्तु ७ जेठ

लामो समयको निरन्तर प्रयास, संघर्ष तथा मेहनतपछि कपिलवस्तु अस्पताल, तौलिहवामा डायलाइसिस सेवा सफलता पूर्वक सञ्चालनमा आएको छ। यससँगै अस्पतालले जिल्लावासीलाई थप सहज, गुणस्तरीय तथा पहुँचयुक्त स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले बताउनु भयो । मन्त्री सारुले एक कार्यक्रमका बीच बुधवार डायलाइसिस सेवा शुभारम्भ गर्नु भएको हो ।


अस्पतालमा डायलाइसिस सेवा सञ्चालनमा आएसँगै मिर्गौला रोगबाट पीडित बिरामीहरूले अब उपचारका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। यस सेवाले आर्थिक रूपमा कमजोर तथा समय अभाव झेलिरहेका बिरामीहरूलाई प्रत्यक्ष राहत पुग्ने विश्वास गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री श्याम परजापतिको भनाइ रहेको छ।


यस उपलब्धिको सफल कार्यान्वयनमा अस्पताल प्रशासन, स्वास्थ्यकर्मी तथा व्यवस्थापन पक्षको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ। विशेषगरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेको नेतृत्व, समर्पण तथा अस्पतालप्रतिको जिम्मेवारीपूर्ण भूमिकाको प्रशंसा गरिएको छ। अस्पतालको सेवा विस्तार तथा बिरामीमुखी सोचका कारण पछिल्लो समय विभिन्न स्वास्थ्य सेवाहरू थप प्रभावकारी बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।
डायलाइसिस सेवासँगै अस्पतालमा युरिन कल्चर तथा आईसीयू सेवा जस्ता महत्वपूर्ण स्वास्थ्य सेवाहरू पनि विस्तार हुँदै गएका छन्। यी सेवाहरूको विस्तारले बिरामीहरूको सहज उपचार, समयमै स्वास्थ्य परीक्षण तथा गुणस्तरीय उपचार सेवामा पहुँच वृद्धि गर्ने विश्वास गरिएको छ। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पंथी, लुम्बिनी प्रदे सभा सदस्य सुधाखर पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

स्वास्थ्य सेवा विस्तारका यस्ता प्रयासले कपिलवस्तु अस्पताललाई जिल्लाको प्रमुख उपचार केन्द्रका रूपमा थप स्थापित गर्ने अपेक्षा गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेको भनाइ रहेको छ

। अस्पतालले डायलाइसिस सेवा प्रभावकारी, गुणस्तरीय तथा दीर्घकालीन रूपमा सञ्चालनका निम्ति आगामी दिनमा थप सेवा विस्तारलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

प्रकाशित : ७ जेष्ठ २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६