ब्रेकिंग न्युज

बागलुङमा विपद्ः आठ घरमा क्षति, ४० उच्च जोखिममा



बागलुङ, ३१ साउन

बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण आठ घरमा क्षति पुगेको छ भने ४० उच्च जोखिममा परेका छन् । मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको हो । निसीखोलाका ४० घर पहिरोको उच्च जोखिममा परेका निसीखोला–२ का वडा अध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिनुभयो । पहिरोले कतिपय स्थानीयका घर, गोठ तथा शौचालयमा आंशिक क्षति पु¥याएको जनाउँदै उहाँले घरको पाली भत्किने, छानो उप्कने, घर चर्किनेलगायत क्षति पुगेको बताउनुभयो । पहिरोका कारण धाराटोलका धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देविराम घर्ती र तिका घर्तीको घरमा क्षति पुगेको छ भने ४० घर पहिरोको उच्च जोखिममा परेका छन् । उपल्लो बेङ्ग्रीको पहिरोका कारण बस्तीमा थप जोखिम बढेको वडाध्यक्ष विश्वकर्माले बताउनुभयो । लगातार वर्षा भइरहेकाले पहिरो थप खस्नसक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार काल्नेचौर, उपल्लाबेङ्ग्री, हाडीचार र बासखोला सडकखण्डमा पनि पहिरो झरेर बस्ती जोखिममा परेका छन् । —

प्रकाशित : ३१ श्रावण २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६