नेपालगन्ज, २ भदौः
प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतस्थित संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार रुकुमपूर्वका कर्णबहादुर बुढा र रुकुमपश्चिमका टोपजङ्ग भन्ने टाइपसिंह गिरीलाई लागुऔषधसहित पक्राउ गरिएको हो । उनीहरुसँग एक थान डिजिटल तराजु, नगद रु पाँच हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गर्न एक राउण्ड हवाइफायरसमेत गरिएको थियो ।










प्रतिक्रिया