देश

रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने



काठमाडौँ, २ भदौ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक यही भदौ ५ गते बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार शुक्रबार बिहान वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी घर’ मा बैठक बस्न लागेको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो । बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, २०८३ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुने कार्यसूची छ । यस्तै, केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयनसम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत हुनेछन् । स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ । बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ । पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत हुने जनाइएको छ । —

प्रकाशित : २ भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६