ब्रेकिंग न्युज

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान



काठमाडौँ, ४ भदौः

नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ । नेपालस्थित जापानी राजदूतावासले ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरेको हो । नेपालस्थित जापानी राजदूत माइदा तोरुले मनास्लु हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपाल पर्वतारोहण सङ्घले ‘मनास्लु प्लेटिनम जुब्ली’ सफलतापूर्वक सम्पन्न गरेको भन्दै आज सम्मान गरेको हो । राजदू त तोरुले नेपाल पर्वतरोहण सङ्घका अध्यक्ष फुरगेल्जे शेर्पालाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको हो । सम्मान ग्रहणपछि अध्यक्ष शेर्पाले जापानी दूतावासबाट प्राप्त यो सम्मान नेपाल पर्वतारोहण सङ्घका लागि ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँले मनास्लु हिमालको आरोहण इतिहास र नेपाल–जापानबीचको पर्वतीय सम्बन्धलाई थप सुदृढ बनाउन सङ्घले निरन्तर भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा राजदूत तोरुले ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन नेपाल पर्वतारोहण सङ्घले खेलेको महत्वपूर्ण भूमिकाको कदरस्वरूप सम्मान गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका पदाधिकारी, सदस्य तथा नेपालस्थित जापानी राजदूतावासको प्रतिनिधिको सहभागिता रहेको थियो । –––

Powered By  Orson Infotech

प्रकाशित : ४ भाद्र २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६