ब्रेकिंग न्युज

योजना कार्यान्वयनमा बाणगंगाले दियो प्राथमिकता



बाणगंगा, भदौ ४

बाणगंगा नगरपालिकाको नगर कार्यपालिकाको दोस्रो बैठकले चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, नगरको आन्तरिक आय तथा राजस्व प्रणालीलाई व्यवस्थित बनाउनेदेखि सडक मर्मत, सरसफाइ, वैकल्पिक ऊर्जा र भूमि व्यवस्थापनसम्मका विषयलाई प्राथमिकतामा राखेको नगर प्रमुख चक्रपाणी अर्यालले बताउनु भयो ।
नगर कार्यपालिकाको कार्यालय बाणगंगामा बिहीबार सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण प्रस्तावमाथि छलफल गरी निर्णय गरेको नगर प्रवक्ता विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो।


बैठकमा अघिल्लो कार्यपालिका बैठकका निर्णयको समीक्षा गर्दै आगामी कामलाई थप व्यवस्थित र परिणाममुखी बनाउने विषयमा छलफल भएको नगरपालिकाले जनाएको छ । स्थानीय तहमा गरिएका निर्णय कार्यान्वयनको अवस्था समीक्षा गर्दै आवश्यक सुधार र समन्वयका विषयलाई बैठकले महत्व दिएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताउनु भयो ।
त्यसैगरी आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत योजना तथा कार्यक्रम सञ्चालनका सम्बन्धमा पनि बैठकमा छलफल भएको छ। नगरका विभिन्न वडामा छनोट भएका विकास योजना समयमै सञ्चालन गर्ने, योजना कार्यान्वयनमा आवश्यक प्रक्रिया पूरा गर्ने तथा नागरिकले प्रत्यक्ष लाभ पाउने गरी काम अघि बढाउने विषयलाई बैठकले प्राथमिकतामा राखेको नगर उपप्रमुख रिता कुमारी चौधरीले बताउनु भयो ।


बैठकले योजना सम्झौता तथा ठेक्का बन्दोबस्त सम्बन्धी विषयलाई समेत छलफलको प्रमुख एजेन्डा बनाएको छ। विकास निर्माणका योजना कार्यान्वयन गर्दा प्रक्रिया, पारदर्शिता र समयसीमालाई ध्यान दिनुपर्ने आवश्यकता बढिरहेका बेला नगर कार्यपालिकाको बैठकमा योजना सम्झौता तथा ठेक्का व्यवस्थापनलाई समेटिनुलाई महत्वपूर्ण रूपमा हेरिएको छ।


बाणगंगाले पछिल्लो समय आन्तरिक स्रोत परिचालनलाई पनि प्राथमिकता दिँदै आएको छ। दोस्रो कार्यपालिका बैठकमा आन्तरिक आय तथा राजस्व परिचालनसम्बन्धी विषयमा छलफल हुनु नगरको आर्थिक आधार सुदृढ बनाउने प्रयाससँग जोडिएको छ। संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा मात्र निर्भर नभई स्थानीय स्रोत परिचालन बढाउनुपर्ने आवश्यकता स्थानीय तहका लागि चुनौती बन्दै आएको छ। यस्तो अवस्थामा राजस्वको दायरा विस्तार, संकलन प्रणालीमा सुधार र नागरिकमैत्री राजस्व प्रशासन महत्वपूर्ण हुने देखिन्छ।

प्रकाशित : ४ भाद्र २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६