ब्रेकिंग न्युज

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न



भोजपुर, ५ भदौ

भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ । जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालले हालसम्म ९६ प्रतिशत अर्थात् ११ हजार ५६८ दशमलव ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेतीका लागि १२ हजार ५० दशमलव ८१ हेक्टर क्षेत्रफल उपयुक्त रहेको केन्द्रले जनाएको छ । जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल भने ६२ हजार २९९ हेक्टर रहेको छ । भोजपुरका नौवटै स्थानीय तहका तल्लो भेगमा मुख्य रूपमा धानखेती हुने गरेको छ । यस वर्ष मनसुनका कारण पर्याप्त वर्षा भएपछि अधिकांश क्षेत्रमा समयमै रोपाइँ भएको केन्द्रले जनाएको छ । पर्याप्त वर्षा भएकाले रोपाइँको काम समयमै सम्पन्न भएको हो । भोजपुरका किसानको प्रमुख खाद्यबाली धान भएकाले समयमै रोपाइँ सम्पन्न हुनु उत्पादनका दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ । जिल्लाका केही क्षेत्रमा बर्खे धान लगाइने भए पनि अधिकांश स्थानमा मङ्सिरे धान उत्पादन हुने गरेको छ । बेँसी तथा फाँट क्षेत्रमा भने किसानले वर्षमा दुई बालीसम्म धान उत्पादन गर्ने गरेका छन् । समयमा रोपाइँ सम्पन्न भएकाले यस वर्ष धान उत्पादनमासमेत सकारात्मक प्रभाव पार्ने देखिएको केन्द्रको भनाइ छ । –––

प्रकाशित : ५ भाद्र २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६