ब्रेकिंग न्युज

दोस्रो एकदिवसीय अभ्यास खेलः नेपालले पायो २४३ रनको लक्ष्य



काठमाडौँ, ५ भदौः

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास खेलमा २४३ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्राप्त गरेको छ । दोस्रो खेलमा पनि नेपालले कर्नाटक राज्यस्तरीय टोली विरुद्ध खेलिरहेको हो । यस खेलमा पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४२ रन बनायो । उसका लागि शरथ श्रीनिवासले ४८, सहर्ष रेड्डीले ४३ रन, रितेश भट्कलले ३७, समर्थ श्रीनिवासले ३२ र फैजान खानले २० रन जोडे । नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान तीन/तीन तथा हेमन्त धामीले दुई विकेट लिए । कर्नाटक विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल ११६ रनले विजयी भएको थियो । नेपाली टोली अझै केही दिन भारतमा अभ्यास गरेपछि एसिसी प्रिमियर कप खेल्न मलेसिया प्रस्थान गर्ने तालिका छ । प्रिमियर कपको तेस्रो संस्करण भदौ १५ गतेदेखि सुरु हुनेछ ।

प्रकाशित : ५ भाद्र २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६