ब्रेकिंग न्युज

बौद्ध दर्शनमा जीवन, चेतना र पुनर्जन्मबारे विमर्श



काठमाडौँ, ६ भदौ

बौद्ध दर्शनका विद्वान्हरूले हिमाली बौद्ध परम्परामा जीवन, चेतना, मृत्यु र पुनर्जन्मका विषयमा विभिन्न धारणा प्रस्तुत गर्नुभएको छ । नेपाल समाज मिडिया प्रालिले आज यहाँ आयोजना गरेको कार्यक्रममा नामग्याल रिन्पोछेले शान्तिका दूत भगवान् बुद्धले मनलाई शान्त र शुद्ध पार्ने माध्यमका रूपमा धर्मलाई व्याख्या गर्नुभएको बताउनुभयो । उहाँले बुद्धको सन्देशअनुसार मानिसले आफ्नो भविष्य र भावी जीवनलाई उज्ज्वल बनाउने गरी कर्म गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल बौद्ध महासङ्घका अध्यक्ष गेसे थुप्तेन जिन्पाले ‘चेतना, मृत्यु र पुनर्जन्मसम्बन्धी बौद्ध अवधारणा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै बौद्ध दर्शनमा चेतनाको प्रकृति, कारण, करुणा र मानसिक शुद्धताका आधारमा पूर्वजन्म तथा पुनर्जन्मको व्याख्या गरिएको बताउनुभयो । उहाँले जन्मजात प्रतिभा, बुद्धिमत्ता, रुचि तथा मानसिक प्रवृत्तिलाई पुनर्जन्म र भविष्यसँग जोडेर हेर्ने गरिएको उल्लेख गर्नुभयो । महासङ्घका पूर्वअध्यक्ष आचार्य नुर्बु शेर्पाले ‘मनको प्रकृति र पुनर्जन्मसम्बन्धी बौद्ध दृष्टिकोण’ विषयक कार्यपत्र प्रस्तुत गर्दै बौद्ध दर्शनले पुनर्जन्मलाई कर्मबाट प्रभावित चेतनाको निरन्तर प्रवाहका रूपमा व्याख्या गर्दै आएको बताउनुभयो । उहाँले बौद्ध परम्परामा कर्मलाई पुनर्जन्मसँग जोडिएको महत्त्वपूर्ण आधार मानिने र असल कर्मले सुखद तथा खराब कर्मले दुःखद परिणाम निम्त्याउने मान्यता रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा बौद्ध दर्शनका विद्वान् खेन्पो जामयाङ लोड्रो र भुटानका डा. कर्मा फुन्छोकले पनि ‘मन, कर्म र पुनर्जन्म’ सम्बन्धी आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाल समाज मिडिया प्रालिका अध्यक्ष ध्रुव पौडेलले आगामी दिनमा ‘समाजवाद र बौद्ध विचार’ विषयमा कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो । —

प्रकाशित : ६ भाद्र २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६