ब्रेकिंग न्युज

जनश्रमदानबाट खेलमैदान निर्माण गरिँदै



कञ्चनपुर, ७ भदौः

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेवका स्थानीयहरु खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न जनश्रमदानमा जुटेका छन् । वडा कार्यालयको अगुवाइमा स्थानीयवासीले जनश्रमदानमा खेलमैदान निर्माणको काम अघि बढाएका हुन् । स्थानीयवासीको श्रमदानमा क्रिकेट खेल अभ्यासका लागि पिच निर्माणको काम सुरु भएको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष गगनसिंह कार्कीले जानकारी दिनुभयो । “पछिल्लो समय युवा लागुऔषधको कुलतमा फसेका छन् त्यसकारण खेलका माध्यमबाट राष्ट्रका लागि योगदान गर्न सकुन् भन्ने उद्देश्यले खेलमैदान निर्माण भइरहेको हो”, उहाँले भन्नुभयो, “क्रिकेट खेल मैदान यहाँका स्थानीयवासीको श्रमदानमा निर्माण हुँदैछ ।” खेल मैदान निर्माणका वडाका जनप्रतिनिधिसहित स्थानीय अगुवाहरुकोसमेत सहभागिता रहेको छ । “क्रिकेट खेल अभ्यासका लागि स्थानीयको श्रमदानमा खेल मैदान निर्माण भइरहेको छ”, स्थानीय दीपेन्द्रसिंह ऐरीले भन्नुभयो, “सबैले स्वेच्छिक रुपमा सहयोग गरिराख्नु भएको छ ।” स्थानीय बालबालिकाले खेलकुदका लागि प्रयोग गर्दै आएको उक्त खेल मैदानलाई जनश्रमदानमा व्यवस्थित र स्तरोन्ति गर्न लागिएको उहाँले बताउनुभयो । “खेल मैदान निर्माणका लागि यहाँका स्थानीय व्यवसायी, सामुदायिक वन र मन्दिर व्यवस्थापन समितिको सहयोग छ”, उहाँले भन्नुभयो, “खेल मैदान निर्माणपछि यहाँका खेलप्रेमी युवालाई खेल अभ्यासमा सहयोग पुग्छ ।” खेल मैदान निर्माणका लागि पर्खाल निर्माणका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने खेल मैदान निर्माणका संयोजक शङ्करसिंह विष्टले बताउनुभयो । “सरकार पक्षबाट सहयोग भएपछि मात्रै खेल मैदानले पूर्णता पाउँछ र सबैका लागि लाभदायक हुन्छ”, विष्टले भन्नुभयो, “दाताहरुले निर्माण सामग्री, कामदारहरुको खाना सहयोग गरेर यहाँ काम भइरहेको छ ।” यसअघि वडा कार्यालयबाट खेल मैदानका लागि रु दुई लाख बजेट विनियोजन भएको थियो । नेपाल–भारत सीमासँग जोडिएको उक्त बस्तीमा खेल मैदानको निमार्णपछि लागुऔषधको कुलतमा फसेकाले युवालाई खेलकुदका गतिविधि संलग्न गराउन सकिने स्थानीयको अपेक्षा छ ।

प्रकाशित : ७ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६