ब्रेकिंग न्युज

त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए



चितवन, १० भदौः

चीनको स्वशाषित क्षेत्र तिब्बतबाट हुँदै भोटेकोशीमा गएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिएका छन् । कुरिनटारदेखि मुग्लिनसम्म १६ वटा र मुग्लिनबाट यता ३७ वटा शव भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भेटिएका शव भरतपुर अस्पतालको शवगृहमा ल्याउने क्रम जारी छ । महिला÷पुरुष छुट्याउन कठिन भएको उहाँले बताउनुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शव राख्ने स्थानको खोजी गर्न लागिएको जानकारी दिनुभयो । अहिलेसम्म आएका शवसमेत राख्न सक्ने अवस्था नरहेकाले स्थानको खोजी गरिएको उहाँले बताउनुभयो । सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ बगेर आएका शव निकाल्ने काम गरिरहेको छ । बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ । धादिङलगायतका क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएका कारण सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयय चितवनले सूचना जारी गरी जानकारी दिएको छ । यससँगै नदी तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन समेत स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित : १० भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६