ब्रेकिंग न्युज

आयोजनाको सुरुङबाट विदेशी सहित २०८ को उद्धार



काठमाडौँ १३ भदौ

रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज दिउँसोसम्म ४३ विदेशी सहित २०८ नागरिक त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएको छ । सुरुङमा रहेका ३८ चिनियाँ र पाँच भारतीयसहित २०८ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उद्धारका लागि रहेको संयुक्त टोलीले ‘ड्रिलिङ मेसिन’ लगायत सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको जनाइएको छ । साथै, प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङलगायत नेपाली सेनाको करिब सात हजार भन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा शव व्यवस्थापन कार्य भइरहेको सेनाले जनाएको छ ।

प्रकाशित : १३ भाद्र २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६