ब्रेकिंग न्युज

स्वास्थ्यकर्मी सहित १० जना सम्पर्क विहीन



रसुवा, १३ भदौ

जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ स्वास्थ्यकर्मी एवं उनीहरूका परिवारसमेत गरी १० जना सम्पर्कविहीन अवस्थामा रहेको जनाएको छ । जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निदोर्ज घर्तीमगरका अनुसार तीनमहिने छोरासहित टिमुरे स्वास्थ्यचौकीका इन्चार्ज सुस्मिता पाण्डे, आठमहिने छोरीसहित स्याफ्रुबँेसी स्वास्थ्य चौकीका इन्चार्ज खम्बु बोहारा र उनकी पत्नी कोपिला केसी, दालफेदी स्वास्थ्य चौकीका इन्चार्ज विजय घले र रसुवागढी हेल्थ डेस्कका स्वास्थ्यसहायक गोविन्द यादव सम्पर्कविहीन हुनुहुन्छ । यसैगरी, मैलुङ सामुदायिक स्वास्थ्य इकाइकी अनमी विनिशा शाही, उत्तरगया गाउँपालिकाका स्वास्थ्य प्रमुख बलराम न्यौपाने र जनस्वास्थ्य अधिकृत प्रदीप न्यौपाने पनि सम्पर्कविहीन भएको प्रमुख घर्तीमगरले जानकारी दिनुभयो । बाढीका कारण प्रभावित क्षेत्रका स्वास्थ्य चौकीको भवन पूर्ण रुपमा क्षति भएका छन् । यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्नका लागि आवश्यक प्रबन्ध मिलाएको जनाइएको छ । मन्त्रालयका जनस्वास्थ्य अधिकृत शङ्करप्रसाद कडेलले दोबुताम्बु अस्पताल गोलजुङमा उपचारको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।

प्रकाशित : १३ भाद्र २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६