गण्डकी

पोखरा महानगरले थाल्यो राहत सङ्कलन अभियान



गण्डकी, १४ भदौः

रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि पोखरा महानगरपालिकाले राहत सहयोग अभियान सञ्चालन गर्ने भएको छ । बाढी प्रभावितहरूका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधिलगायत सामग्री सङ्कलनका लागि राहत अभियान सञ्चालन गर्न लागिएको हो । एकद्वार प्रणालीमार्फत राहत सङ्कलन तथा वितरण गरिने महानगरले जनाएको छ । नगरप्रमुख धनराज आचार्यका अनुसार आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा राहत सामग्री सङ्कलन कक्ष सञ्चालन गरिनेछ । इच्छुक सङ्घसंस्था र व्यक्तिलाई उक्त केन्द्रमा ल्याई राहत सामग्री सहयोग गर्न महानगरले सार्वजनिक रूपमा आह्वानसमेत गरेको छ । सङ्कलित राहत सामग्री सम्बन्धित निकायसँगको समन्वयमा आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रमा एकद्वार प्रणालीमार्फत पारदर्शी रूपमा वितरण गरिने बताइएको छ । महानगरले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु ४५ लाख सहयोग गरेको थियो । अत्यावश्यक राहत सामग्रीसहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली बाढी प्रभावित क्षेत्रमा पठाएको थियो ।

प्रकाशित : १४ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६